FAQs Complain Problems

प्रमुख सूचना:

विद्युतीय खरिद प्रणाली (Electronic Procurement System) भनेको के हो ?

विद्युतीय खरिद प्रणाली भन्नाले सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४६ बमोजिम स्थापना, सञ्चालन र व्यवस्थापन गरेको खरिद सम्बन्धी विद्युतीय प्रणाली हो । यस प्रणाली अन्तर्गत वोलपत्रको सूचना र बोलपत्र सम्बन्धी कागजजात (विड डकुमेण्ट) विद्युतिय प्रणालीमा अपलोड गरिन्छ । यस कार्यको व्यवस्थापन तथा सुरक्षा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट हुन्छ । यसले स्वच्छ प्रतिष्पर्धालाई बढावा दिई मिलेमतो (सिन्डिकेट) प्रक्रियालाई निरुत्साहित गर्न गर्दछ ।